सी चढेको विमान काठमाडौंमा अवतरण


न्युज अफ नेपाल, काठमाडौं ।

राष्ट्रपति विद्यादेवी भण्डारीको औपचारिक निमन्त्रणामा चिनियाँ राष्ट्रपति सी चिनफिङ काठमाडौँ आइपुगेका छन्।

राष्ट्रपति सी दुई दिने राजकीय भ्रमणका लागि शनिबार अपरान्ह ४ : ४५   मिनेट जाँदा विशेष विमानमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्।

शुक्रबार राष्ट्रपति सी, विदेशमन्त्री वाङ यी र स्टेट काउन्सिलर याङ जिएछीसहितका ९० सदस्यीय टोली भारत भ्रमणमा आएको थियो। शनिबार दिउँसो २ बजे उक्त टोली भारतको चेन्नईबाट नेपाल प्रस्थान गरेको हो।