सीलाई राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीले स्वागत गर्ने, ४ बजे विमानस्थल पुग्ने कार्यक्रम


न्युज अफ नेपाल, काठमाडौं ।

चिनियाँ राष्ट्रपति सी जिनपिङलाई राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले स्वागत गर्ने भएका छन् ।

राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीसहित मन्त्रीपरिषद्का सबै सदस्य विमानस्थल पुग्ने कार्यक्रम रहेको छ । राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओली दिउँसो चार बजे विमानस्थल पुग्ने कार्यक्रम रहेको बालुवाटार स्रोतले जनाएको छ ।

प्रधानमन्त्रीको सचिवालयले दिएको जानकारी अनुसार चिनियाँ राष्ट्रपति आउँदा साढे चार भन्दा अझ ढिलो हुनेछ, उहाँलाई स्वागत गर्न अति विशिष्ट व्यक्तित्वहरु चार बजे विमानस्थल पुग्नुहुनेछ ।