चेन्नाइबाट काठमाडौं लागे राष्ट्रपति सि


न्युज अफ नेपाल, काठमाडौं ।

चीनका राष्ट्रपति भारतको चेन्नइबाट नेपालका लागि प्रस्थान गरेका छन्। दुई दिने भारतको अनौपचारिक भ्रमणमा रहेका सी जिनपिङ नेपाल भ्रमणका लागि शनिबार दिउँसो प्रस्थान गरेको भारतीय समाचार एजेन्सी एएनआइले उल्लेख गरेको छ ।

सी भारतको चेन्नइस्थित महाबलिपुरममा दुई दिने अनौपचारिक भ्रमणमा थिए। जहाँ उनले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग अनौपचारिक छलफल गरेका थिए। भारतको भ्रमण सकेर सी काठमाडौंका लागि प्रस्थान गरेका हुन्।

उनी अपराह्न ५ बजे काठमाडौंस्थित अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्ने कार्यतालिका रहेको बताइएको छ ।