काठमाडौंमा सी ओर्लिंदा त्रिवि विमानस्थल साढे २ घण्टा प्रभावित


न्युज अफ नेपाल, काठमाडौं ।

चिनियाँ राष्ट्रपति सी जिनफिङ काठमाडौं ‍ओर्लिंदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल साढे दुई घण्टा उडान प्रभावित हुने भएको छ ।

अतिविशिष्ट मुभमेन्ट सम्बन्धी सूचना जारी गर्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले शनिबार विमानस्थलका उडानहरु प्रभावित हुने जानकारी दिएको छ।

त्यस्तै आइतबार साढे २ घण्टासम्म विमानस्थलका उडानहरु अवरुद्ध हुने भएको हो। कार्यालयका प्रवक्ता प्रतापबाबु तिवारीद्वारा जारी सूचना अनुसार शनिबार दिउँसो सी आउँदा करिब ३ बजेदेखि साँझ साढे ५ बजेसम्म र फर्कँदा आइतबार बिहान साढे ११ बजेदेखि दिउँसो २ बजेसम्म आन्तरिक र बाह्यतर्फका सबै उडानहरु प्रभावित हुनसक्ने छन्।