चीनको तिब्ब्तबट ल्याईएको १८ प्रजातिका चिनियाँ घाँस को परिक्षण सुरू

0
Shares

सरस्वती न्यौपाने,रसुवा। रसुवागढि नाका हुँदै चीनको तिब्बतबाट ल्याईएको १८ प्रजातिको चिनिया घाँस को परिक्षण सुरू गरिएको छ। चरण तथा घाँसे बाली अनुसन्धान केन्द्र धुन्चे का प्रमुख पुर्ण चन्द्र चापागाईका अनुसार अल्फा,कक्सफुड,राई,जै लगाएतका १८ जातका घाँस तिब्बतवाट ल्याईएको र सदरमुकाम धुन्चे,चन्दनवारि र लाङटाङ को क्याङजिङ मा घाँस परिक्षण गर्न थालिएको बताए।

प्रमुख चापागाईंले भने हिमाली क्षेत्रमा परिक्षण गर्न पाउने सहमति पत्रमा उल्लेख भए अनुरूप नै चीनको तिब्बतवाट त्यहा हुने घाँस को बीउ ल्याई वढि भन्दा वढि उत्पादनमा बृद्धि गराउने उद्धेश्य ले परिक्षण सुरूवात गरिएको हो ।

परिक्षण गर्न लागिएको घाँस मध्ये नौ वटा जै घाँस को जात रहेको छ । यो परिक्षण सन २०२१ को मार्च सम्म चल्ने छ। भने यो हिमालि क्षेत्रमा घाँस परिक्षण गर्न नेपाल र चिन सरकार बिच सन २०१६ मै सहमति भएको हो ।