एनआरएनए हेरिटेज वाकाथन सम्पन्न


न्युजअफ नेपाल, काठमाडौं। एनआरएनए स्पोर्ट्स एकेडेमीले १७औं एनआरएनए स्थापना दिवसको अवसरमा शुक्रवार एनआरएनए हेरिटेज वाकाथनको आयोजना र्गयो। स्वयम्भू भगवान पाउबाट शुरु भई शोभाभगवती, क्षेत्रपाटी हुंदै इन्द्रचोकमा गएर टुंगिएको उक्तवाकाथनमा गैर आवासिय नेपाली संघका प्रतिनिधिहरु, नेपाली खेलकुद क्षेत्रका प्रतिष्ठित ब्यक्तिहरु र खेलाडीहरु गरी ५ सय वढीले सहभागिता जनाएका छन्।

उक्त वाकाथनको उद्घाटन गैर आवासिय नेपाली संघ (एनआरएनए)का अध्यक्ष भवन भट्टले गर्नु भयो। उद्घाटन मन्तब्य ब्यक्त गर्नु हुंदै अध्यक्ष भट्टले स्पोर्ट्स एकेडेमीको स्थापनाले गैर आवासिय र नेपाली खेलाडीलाई एकै ठाँउमा उभ्याउन मदत गर्ने बताउनुभयो।

वाकाथनमा नेपालका चर्चित म्याराथन धावक बैकुण्ठ मानन्धर, जीतबहादुर केसी, नेपालओलम्पिक कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठ, राष्ट्रिय तथा अन्तर्रा्ष्ट्रिय खेलाडी संघका अध्यक्ष दिपक श्रेष्ठ, खेलाडी तथाप्रशिक्षक संघका अध्यक्ष महेश नेवा लगायतविभिन्न खेलका राष्ट्रिय खेलाडीहरु थिए। वाकाथनका क्रममा बाटोमाविभिन्न स्थानीय क्लबहरुले सहभागिहरुलाई स्वागत गरेकाथिए।

उक्त अवसरमा एनआरएनएका उपाध्यक्षहरु कुलआचार्य, कुमार पन्त र एनआरएनएका युवा संयोजक सुदन थापाले शुभकामना मन्तब्यब्यक्त गर्नु भएको थियो। एनआरएन स्पोर्ट्स एकेडेमी विश्वभरको खेलकुदलाई ब्यवस्थित र संगठित गर्नका निम्ति भर्खरै स्थापना भएको एनआरएनएको खेलकुद शाखाहो।