सीता एयरको विमानमा चरा ठोक्कियो,बिमानमा सवार सबै यात्रु सुरक्षित


काठमाडौं । शनिबार बिहान रामेछापको मन्थलीबाट सोलुखुम्बुको लुक्ला उडेको सीता एयरको टुइनअटर विमानको पंखामा चरा ठोक्किएको छ । चरा ठोक्किए लगत्तै विमान आकस्मिक अवरतरण गरिएको छ ।

शनिवार विहान लुक्लाका लागि उडिसकेको अवस्थामा चरा ठोक्किएपछि विमान पुनः मन्थली एयरपोर्टमै अवतरण गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।

सीता एयरको ‘९ एन–आई–इ’ विमान उडिसकेपछि चरा ठोक्किएर पंखामा पसेको थियो । विमानमा १३ यात्रु र चालक दलका तीनजना सदस्य थिए । चालक दलका होसियारीका कारण जाहाजमा सवार सबै सदस्य सकुसल छन् ।

विमान आकस्मिक अवतरण गरेसँगै ठूलो दुर्घटना हुनबाट जोगिएको छ । विमानले जमिन छाडिसकेको अवस्थामा फरक आवाज आएको सुनिएको मन्थलीका स्थानिय प्रत्यक्षदर्शीले बताएका छन् ।