चिनियाँ राष्ट्रपति सीको सुरक्षामा सेनाको नेतृत्वमा १५ हजार बढी सुरक्षाकर्मी खटिने


काठमाडौँ । चिनियाँ राष्ट्रपति सी जिनपिङको शनिबार हुने नेपाल भ्रमणका लागि नेपालका चारवटै सुरक्षा निकायका १५ हजार बढी सुरक्षाकर्मी खटिने जनाईएको छ ।

अतिविशिष्ट व्यक्ति भीभिआईपीको सुरक्षा व्यवस्थापनको नेतृत्व गर्ने नेपाली सेनाका अनुसार तीमध्ये ७० प्रतिशत सुरक्षाकर्मी नेपाली सेनाका हुनेछन्।

उनीहरु त्रिभुवन विमानस्थलदेखि राष्ट्रपति सी हिँड्ने बाटो र बस्ने ठाउँमा परिचालन हुनेछन्।