धारिलो हतियार प्रयोग गरी आमा छोरीको हत्या


उदयपुर। उदयपुरको त्रियुगा नगरपालिका-९ चौकीबारीमा शुक्रबार राति आमा छोरीको हत्या भएको छ। घटनामा ३० वर्षीया सारदाकुमारी चौधरी र ९ वर्षीय रचना चौधरीको हत्या भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

प्रहरीका अनुसार घरमा एक्लै रहेको समयमा आमाछोरीको धारिलो हतियार प्रयोग गरी हत्या भएको हो । उनीहरुको शव भर्‍याङमुनि भेटिएको छ । सारदाका श्रीमान वैदेशिक रोजगारीमा रहेका छन् ।

अहिले घटनास्थलमा अनुसन्धान भइरहेको र घटनाको प्रकृति हेर्दा हत्या भएको जस्तो देखिएकाले धरानबाट कुकुरसहितको टोलीसमेत आउँदै गरेको प्रहरी स्रोत बताएको छ ।