टीका लगाउन माइत जाने क्रममा श्रीमान र श्रीमतीको खोलाले बगाएर मृत्यु


न्युज अफ नेपाल, दैलेख ।

टीका लगाउन हिडेका श्रीमान र श्रीमतीको खोलाले बगाएर मृत्यु भएको छ ।

टीका लगाउन माइत जाने क्रममा दैलेखको दुल्लु नगरपालिका–११ कालभैरवका ४० वर्षीया खगिसरा सुनार र उहाँका श्रीमान ४५ वर्षका इन्द्रबहादुर सुनारको खोलाले बगाएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।

इन्द्रबहादुरको शव माछा थुन्न बनाएको सरिलमा अड्किएको र खगिसरा त्यहाँदेखि अलि माथि खोलामै डुबेरमृत्यु भएको अवस्थामा फेला परेको प्रहरी ले जानकारी दिएको हो ।

माथि मालीघाट र तल कुयलकुना पुग्न झण्डै एक–एक किलोमिटर हिँड्नुपर्ने भएकोले छोटो बाटोको लागि पहिलेदेखि नै तर्ने गरेको स्यालखाडा घाटबाट कोटिला निस्कन लाग्दा पानीको बहावले धकेलेर दम्पतीलाई बगाएको हुनसक्ने अनुमान गरिएको छ ।

इन्द्रबहादुरले रक्सी खाएका कारण अरु दिन तर्ने गरेको घाट तर्न बल नपुगेर खोलाले बगाएको हुनसक्ने स्थानीयको अनुमान छ ।