मोटरसाइकलसहित खोलाले बगाउदा दाजुको मृत्यु भाई घाइते


न्युज अफ नेपाल, पर्वत ।

खोला तर्नेक्रममा खोलाले बगाउदा दाजुको मृत्यु भएको छ भने भाई घाइते भएका छन् । कास्की पोखरा नगर पालीका–२५हेम्जा बस्ने ४० वर्षीय लक्ष्मण कुँबरकाे मृत्यु भएका छ भने उनका भाई ३८ वर्षीय खेम कुँबर घाइते भएका छन् ।
दशैको टिका लगाउन भनी आफन्तकोमा जिल्ला पर्बत मोदी गाउँपालीका–६ तिलाहर जाने क्रममा उनीहरुलाई रती खोलाले मंगलबार साँझ करीब सात बजे बगाएको हो ।

ग १४ प १९३२ नम्बरको मोटरसाइकलमा उनीहरु आफ्न्तको घरमा दशैंको टिका लगाउन हिडेका थिए । मोटरसाइकलसहित उनीहरुलाई खोलाले बगाएको प्रहरीले बताएको छ ।

उनीलाई खोलाले करीब १ कि.मी. तल बगाई रहेको अबस्थामा उद्वार गरी उपचारको  जिल्ला अस्पताल पर्वत ल्याइएको थियो । दाजु लक्ष्मणको करीब आठ बजे उपचारको क्रममा मृत्यु भएको हो ।

भाई खेमको कुश्मा हस्पिटल प्रा.ली.मा प्रारम्भिक उपचार पश्चात थप उपचारको लागी पोखरा रीफर गरिएको प्रहरीले जानकारी दिएको छ ।