श्रममन्त्री बिष्टले ९ वर्षपछि ८९ वर्षीय आमाको हातबाट टिका लगाए


न्युज अफ नेपाल, गुल्मी ।

श्रम रोजगार तथा सामाजिक सुरक्षमन्त्री गोकर्ण बिष्टले गृह जिल्ला गुल्मी आएर आफ्नी आमाको हातबाट टिका लगाएका छन् । वडादशैंको टिका लगाउन गृह जिल्ला इस्मा गाउँपालिका वडा नम्बर ४ घरमा आएका मन्त्री बिष्टले आफ्नी आमा ८९ वर्षीय चिन्ताकला बिष्टको हातबाट टिका एवं आशिर्वाद लिएका हुन् ।

बिभिन्न कारणवस बिगत ९ वर्षपछि मात्रै आमाको हातबाट टिका लगाउन पाएको मन्त्री बिष्टले बताए । आमाको आग्रह अनुसार दशैंको टिका लगाउनको गृह जिल्ला आएको मन्त्री बिष्टले बताए ।

मन्त्री बिष्टले आमासँगै आफ्ना दाई इस्मा गाउँपालिका अध्यक्ष लक्ष्मण बिष्टको हातबाट पनि टिका लगाएका छन् । परिवारसँगै मन्त्री बिष्टले इच्छुक कार्यकर्ताहरुलाई पनि टिका ग्रहरण गरेका थिए ।

पर्वहरुले पारिवारिक मेलमिलाप, सद्भाव, भातृत्व बढने मन्त्री बिष्टले बताए । दशैं खुसी साटने पर्व भएकाले यस्तै खुसी आम नागरीकको मुहारमा सधैंभरी ल्याउनको निम्ति सरकार पनि लागि परेको बताए ।

दशैंको टिका लगाउन गुल्मी आएका मन्त्री बिष्ट बुधवार काठमाडौं फर्किने कार्यक्रम रहेको छ ।