न्युज अफ नेपाल, काठमाडौं ।
राष्ट्रपति विद्यादेवी भण्डारीले दशैँको टीका ग्रहण गर्नुभएको छ । राष्ट्रपति भण्डारीले विजया दशमीका दिन आज राष्ट्रपति कार्यालयमा हनुमानढोकाका मूल पूजारीबाट टीका तथा फूल प्रसाद ग्रहण गर्नुभएको हो ।
त्यसलगत्तै राष्ट्रपति भण्डारीले हनुमानढोकाका मूल पूजारीलाई टिका लगाइदिएकी थिइन्। भण्डारीले अन्य आफन्तको हातबाट पनि दशैँको टीका लगाइन्। राष्ट्रपति कार्यालयमा भण्डारीको हातबाट टीका थाप्नेहरु भीड लागेको थियो।












प्रतिक्रिया