उड्डयनमन्त्री योगेश भट्टराईद्धारा ११८ वर्ष पहिलेको गोरखापत्र अवलोकन


न्युज अफ नेपाल, काठमाडौं ।

संस्कृति, पर्यटक तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले शुक्रबार ५२ औँ राष्ट्रिय अभिलेखालय दिवसका अवसर पारेर अभिलेखालय परिसरमा प्रदर्शित अभिलेख तथा फोटो प्रदर्शनीको अवलोकन गरेका छन् । सो अवसरमा उनले ११८ वर्ष पहिलेको गोरखापत्र अवलोकन गरेका हुन् ।

उक्त राष्ट्रिय अभिलेखालय दिवसको अवसरमा अभिलेखालय परिसरमा आयोजित कार्यक्रममा मन्त्री भट्टराईले शताब्दी पुरुष सत्यमोहन जोशीलाई अभिनन्दनसमेत गरेका हुन् ।