नेता झलनाथ खनाल र अमेरिकी राजदूत बेरीबीच भेटवार्ता 


न्युज अफ नेपाल,   काठमाडौँ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालसँग नेपालका लागि अमेरिकन राजदूत रेड्डी बेरीले शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।

खनालका स्वकीय सचिव कृष्ण भट्टराईका अनुसार खनाल निवास डल्लुमा भएको भेटमा पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका खनालले नेपाल र अमेरिका बीचको मैत्रीपूर्ण सम्बन्ध अझ विकास होस् भन्ने कामना गर्नुभएको हाे ।

अमेरिकाका राजदूतले नेपाललाई अमेरिकाले सहयोग जारी गर्न चाहेको र खासगरी देशमा स्थायित्व स्थापना भएकाले अमेरिकाको सहयोगलाई विस्तार गर्न तयार भएको जनाउनुभयो । भेटमा खनालका विदेश मामिला सहयोगी मिलन तुलाधरको पनि उपस्थिति थियो ।