अहिलेको सरकार सफल हुने महासचिव विष्णु पौडेलकाे दावी


न्युज अफ नेपाल, रुपन्देही ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेलले अहिलेको सरकारअसफल नहुने बताएका छन्। पौडेलले भने– ‘‘नेकपा नेतृत्वको सरकार नै असफल भयो भने मुलुकमा संवैधानिक संकट आउँछ । व्यवस्था नै असफल हुन्छ।‘‘

पार्टीले स्थानीय, प्रदेश र संघ तीनै तहका सरकारले आवधिक समीक्षा गरिरहेको छ। भन्दै पौडेलले आगामी दिनमा सरकारलाई अझै प्रभावकारी ढंगले परिचालित गर्ने योजना बनाएको बताए। कम्युनिष्ट पार्टीले प्राप्त गरेको सफलताले केही चुनौती र जिम्मेवारी पनि थपिएकोले केही पनि गर्न सकेन भनेर आलोचना गर्नु कुनै अर्थ नभएको उनले बताए।

दसैं, तिहार तथा छठ पर्वको अवसरमा रुपन्देहीमा आयोजना भएको शुभकामना आदान प्रदान कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

स्थानीय, प्रदेश र संघीय तीनै तहका सरकारले आवधिक समीक्षा गरिरहेको र आगामी दिनमा सरकारलाई अझै प्रभावकारी ढंगले परिचालित गर्ने योजना पार्टीले बताएको पनि महासचिव पौडेलको भनाइ छ ।

कम्युनिष्ट पार्टीले प्राप्त गरेको सफलताले केही चुनौती र जिम्मेवारी पनि थपिएको भन्दै उहाँले सरकारले केही पनि गर्न सकेन भनेर गरिएको आलोचनाको कुनै अर्थ नरहने बताउनु भयो ।

महासचिव पौडेलले बुटवल, तिलोत्तमा र सिद्धार्थनगरलाई मेगासिटीको रुपमा विकास गरिने उल्लेख गर्दै यस क्षेत्रमा सञ्चालित विकासका ठूला आयोजनाहरु सम्पन्न भएपछि आमूल परिवर्तन आउने बताउनु भयो । “प्रदेशस्तरीय मेडिकल कलेज, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, सिद्धबाबा सुरुङ मार्ग, कालीगण्डकी तिनाउ डाईभर्सन जस्ता ठूला आयोजनाहरुले यस क्षेत्रको मुहारमा ठूलो परिवर्तन ल्याउँछ”–पौडेलले भन्नु भयो ।

कार्यक्रममा बोल्दै नेकपा स्थायी समिति सदस्य छविलाल विश्वकर्माले सरकारले गरेका राम्रा कामहरुलाई जनतामाझ लैजान र गलत भएको भए खवरदारी गर्न कार्यकर्तालाई आग्रह गर्नु भयो ।

नेकपा तिलोत्तमा नगर कमिटीका अध्यक्ष मोहन चापागाईंले पार्टी एकीकरणपछि कार्यकर्ता पंक्तिमा उत्साह थपिएको उल्लेख गर्दै स्थानीय, प्रदेश र संघीय तीनै तहका सरकारले गरेका काम कारवाहीलाई जनतामाझ लैजाने पुलको रुपमा स्थानीय कमिटीले काम गर्नुपर्नेमा जोड दिनु भयो ।