भारतले प्याज आयातमा रोक लगाएपछि चिनको प्याज आयात


सरस्वती न्यौपाने, रसुवा ।

चाडपर्वको मुखैमा आएर भारतले प्याज आयातमा रोक लगाएपछि रसुवागढि हुँदै चिनको केरूङवाट प्याजको आयात बढेको छ।

भन्सार प्नमुख पुण्य बिक्रम खड्का को अनुसार दशै तिहारका लागि हरेक नेपालिको घरमा पाक्ने प्याज मा आयात वढेको र ठुलो मात्रामा यस पटक दुई दिनमै ६२ हजार पाच सय ८० केजि प्याजको ३१ लाख ९३ हजार ६ सय २१ रूपैयाको प्याज आयात भएको हो ।

आर्थिक वर्ष ०७५०७६ मा भारत र चिन वाट १६ करोड ७९ लाख केजि प्याज आयात भएको थियो । प्याजको परिमाण हेर्दा ९८ प्नतिशत आयात हुने गरेको छ। चिनले अन्तरास्ट्रिय नाकाको रूपमा धोषणा गरेसङ्गै तीन सय देखि साढे तिन सय कन्टेनर आवतजावत गर्ने गरेको र व्यापारी व्यवसायिहरू समेतको चाप रहेको छ ।

भन्सार विभागको तथ्यांक अनुसार भारतबाट ९५ प्नतिशत प्याज आयात हुनेगर्दछ ।