गहना कारखानामा आगलागी


न्युज अफ नेपाल, काठमाडौँ ।

काठमाडौँको न्यूरोडमा रहेको नक्कली सुनका गहना बनाउने कारखानामा आगलागी भएको छ ।

बिहीबार राति लागेको आगो प्रहरी, सेना, तथा स्थानीयको सहयोगमा १ घण्टापछि नियन्त्रणमा लिइएको हो।

आगलागीमा क्षति भएको विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ ।