काठमाडौं महानगरपालिकाका मेयरलाई डेंगुको आशंका


न्युज अफ नेपाल, काठमाडौं ।

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई डेगुको शंका गरिएको छ । बिहीबार अचानक  ज्वरो आएपछि त्रिपुरेश्वर स्थित ब्लु क्रस अस्पतालमा पुग्नुभएका उहालाई तत्काल भर्ना गरी रगत परीक्षण गर्ने क्रममा उहालाई डेंगुको शंका गरेको हो । हल्ला हुन थालेपछि घरमै आराम गर्नुभएको भनिएता पनि बिहीबार देखिनै अस्पताल भर्ना गरिएको हो ।

उहाँको थप रिपोर्ट आज आइपुग्ने छ । अस्पतालको चौथो तलाको वार्डमा भर्ना गरिएको छ । आज रिपोर्ट आएपछि थप बस्ने वा डिस्चार्ज भएर घर जाने निधो हुने पारिवारिक स्रोतले जनाएको छ ।