जुवातास खेल्ने ११ जना पक्राउ


न्युज अफ नेपाल ललितपुर ।

जुवातास खेलिरहेको अवस्थामा ११ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

ललितपुर महानगरपालिका–४ झम्सीखेलस्थित पाहुना ब्रेड एण्ड ब्रेकफास्ट रेष्टुरेण्टमा जुवातास खेलिरहेको अवस्थामा ललितपुर महानगरपालिका–१६ मंगलबजार बस्ने ३२ वर्षीय विरबु जोशी सहित उनिहरुलाई नगद २ लाख ६५ हजार रुपैयाँ र ९ बुक तास सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।