कटुवा पेस्तोल सहित पाठक पक्राउ


न्युज अफ नेपाल, धनुषा ।

जनकपुर उपमहानगरपालिका–१४ बाट महोत्तरी जलेश्वर नगरपालिका–९ बस्ने २१ वर्षीय आनन्द पाठकलाई कटुवा पेस्तोल १ थान सहित बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

२ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुर र वडा प्रहरी कार्यालय मुजेलियाबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले ज११ प ४६५० नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार पाठकले कम्मरमा लुकाई राखेको उक्त पेस्तोल फेला पारेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।