प्रहरी नायव महानिरीक्षक विनोद शर्मा घिमिरेबाट नवनिर्मित कार्यालय भवन उद्‍घाटन


न्युज अफ नेपाल, कास्की ।
गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रमुख प्रहरी नायव महानिरीक्षक विनोद शर्मा घिमिरेले वडा प्रहरी कार्यालय बैदाम कास्कीमा नव-निर्मित कार्यालय भवनको बिहीबार आयोजित कार्यक्रमवीच शिलालेख अनावरण गरी उद्घााटन गर्नुभएको छ ।

सो अवसरमा प्रहरी नायव महानिरीक्षक घिमिरेले भवन निर्माण कार्यमा सहयोग गर्ने सम्पूर्ण व्यक्ति तथा संस्थालाई कदरपत्र प्रदान गर्दै नेपाल प्रहरीले उपलब्ध सिमित श्रोत साधनका बाबजुद पनि जनलक्षित प्रहरी सेवाका लागि उत्कृष्ट कार्य सम्पादन गर्दै आइरहेको चर्चा गर्नुभयो । नवनिर्मित भवनले थप उत्कृष्ट प्रहरी सेवा प्रवाहमा टेवा पुर्यााउने विचार उहाँले व्यक्त गर्नुभयो ।

कार्यक्रममा जन-प्रतिनिधिहरुको तर्फबाट शुभकामना मन्तव्य व्यक्त गर्दै पोखरा महानगरपालिका-५ का वडाध्यक्ष धन बहादुर नेपालीले जनतासँग प्रत्यक्ष सरोकार राख्ने नेपाल प्रहरीको कार्य सम्पादनलाई व्यवस्थित गर्न अत्यावश्यक पर्ने भौतिक पूर्वाधारको व्यवस्थाले प्रहरी सेवा प्रवाहमा थप उर्जा थप्ने उल्लेख गर्दै आगामी दिनमा आफूहरु प्रहरीसँग सहकार्य गर्दै अगाडि बढ्ने बताउनुभयो ।

समाजसेवी तथा उक्त भवन निर्माण समितिका अध्यक्ष हिरु पुनको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा गण्डकी प्रदेश सरकारका प्रतिनिधि, पोखरास्थित विभिन्न प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी कर्मचारीहरु, स्थानीय तहका जनप्रतिनिधिहरु, समाजसेवी, पोखरास्थित विभिन्न सामुदायिक सेवा केन्द्रका पदाधिकारीहरु, पत्रकार लगायत स्थानीयबासीको उपस्थिति रहेको थियो ।