उपकुलपतीमा तीन जनाको नाम सिफारिस


ईश्वर राज ढकाल, काठमाडौँ ।

त्रिभूवन विश्वविद्यालयको उपकुलपति छनोट गर्न सह–कुलपति एवम् शिक्षामन्त्री गिरिराजमणी पोख्रेलले कुलपती एवम प्रधानमन्त्री केपी शर्मा ओलीलाई आज (शुक्रबार) त्रिविको उपकुलपतिको लागी नाम सिफारिस गर्नुभएको छ ।

जसमा डा. भगवान कोइराला, डा. धर्मकान्त बास्ताेला र प्रा.डा. चन्द्रमणी पौडेल रहनुभएको छ । तीमध्ये डा.भगवान कोइरालाको सम्भावना बढी रहेको छ ।

जसमा प्रम ओलीले बास्तोलालाई त्रीवीको उप बनाउने संभावना बढी छ । तर शिक्षामन्त्री प्रोख्रेलले डा. कोइरालालाई उपकुलपती बनाउन प्रयास गरिरहनुभएको छ ।
सिफारिस परेका मध्ये प्रा. डा. पौडेल राष्टीय परीक्षा बोर्डको अध्यक्षसमेत हुनुहुन्छ ।