डोटी, (नेस)
डोटीको दीपायल सिलगढी नगरपालिका–६ ले आफ्नो वडामा भएका नौ जना सुत्केरीलाई लोकल कुखुरा र घ्यू वितरण गरेको छ।
महिला तथा शिशुको स्वास्थ्य अवस्था सुधारका लागि पोषणयुक्त आहार ग्रहण गर्नुपर्छ भन्ने सन्देश दिन आर्थिक वर्ष २०७६–०७७ बाट सुत्केरीका लागि उक्त सुविधा दिन शुरू गरेको वडा नं. ६ का वडाअध्यक्ष सन्तोष बोहराले बताउनुभयो।
उक्त वडाले आफ्नो वडाभरिमा स्थायी बसोबास भएका प्रत्येक सुत्केरी महिलालाई एउटा लोकल कुखुरा र एक किलो घ्यू वितरण गर्ने कार्यको शुरुआत गरेको छ। वडा कार्यालयले सुत्केरीलाई कुखुरा र घ्यू वितरण गर्न थालेपछि सो वडाका स्थानीय बासीन्दा निकै खसी भएको सिलगढीका स्थानीय डिलबहादुर सिंहले बताउनुभयो। उहाँले भन्नुभयो, ‘वडाले गरेको कार्य निकै सराहनीय छ, किनेर खान नसक्ने सुत्केरी आमालाई यसले निकै सहयोग मिल्ने छ।’
लोकल कुखुरा र घ्यू प्रदान गरेकोमा वडा परिवारलाई धन्यवाद दिँदै यस्तो काम अरु वडाले पनि गर्नु पर्ने स्थानीय सुनिता धामीले बताउनुभयो।
यस अघि दीपायल सिलगढी नगरपालिकाले नगरपालिकाका स्थानीय सुत्केरी महिलालाई लोकल जातका कुखुरा र अन्डा वितरण गरेको थियो।











प्रतिक्रिया