लागूऔषध बरामद


नेपाल समाचारपत्र, हेटौंडा

प्रहरीले मंगलबार दिउँसो करिब साँढे १२ बजे हेटौंडा–१५ स्थित सडकखण्डमा वीरगन्जबाट हेटौंडातर्फ आउँदै गरेको ना५ख १४९९ नम्बरको यात्रुबाहक बस निरीक्षण गर्ने क्रममा लागुऔषध बरामद गरेको छ।

बसका यात्री वीरगन्ज महानगरपालिका–१३ बस्ने वर्ष २८ का नजिर हुसेनउपर शंका लागेर चेक गर्दा उनको साथबाट लागुऔषध फेनारगन १ सय ९९ एम्पुल, नुर्फिन १ सय ९५ एम्पुल र डाइजेपाम १ सय ९५ एम्पुल फेला परेको हो।

उक्त लागुऔषधसहित उनलाई पक्राउ गरी आवश्यक अनुसन्धान तथा कारबाही भइरहेको प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो।