भारत–पाक परमाणु युद्धमा साढे १२ करोड मारिन सक्ने अनुमान


वासिङ्टन, एजेन्सी । 

अमेरिकामा हालै गरिएको एक अध्ययनले यदि भारत र पाकिस्तानबीच परमाणु युद्ध भएमा यसको परिणाम अत्यन्त खतरनाक हुने दाबी गरेको छ। यसले विश्वलाई जलवायु परिवर्तनबाट हुने प्राकृतिक विपत्तितर्फ पनि ढकेल्ने शोधले जनाएको छ।
उक्त अध्ययनका सह लेखक रुट्गर्स युनिभर्सिटीका एलन रोबोकले दुई देशबीच परमाणु युद्ध भएमा १२ करोड ५० लाख नागरिकको मृत्यु हुने बताए। उनले भने– ‘यस प्रकारको युद्धबाट परमाणु बम खसेको स्थानलाई मात्र नोक्सान पु¥याउने होइन, सम्पूर्ण विश्व नै प्रभावित हुनेछ।’

साइन्स एडभान्सेज जर्नलमा प्रकाशित उक्त शोधले भारत र पाकिस्तानबीच सन् २०२५ मा परमाणु युद्ध हुन सक्ने आधारमा यो क्षतिको अनुमान लगाएको हो। कास्मिरलाई लिएर दुई छिमेकीबीच तीनवटा युद्ध भइसकेको छ र धेरैपटक युद्धको स्थितिबाट गुज्रिसकेको छ। अध्ययनले सन् २०२५ सम्म दुई देशको परमाणु हतियारको कुल संख्या ४ सय देखि ५ सय हुनेछ।

अनुसन्धानमा संलग्न शोधकर्ताहरूका अनुसार परमाणु बम विस्फोटपछि १ करोड ६० लाख देखि ३ करोड ६० करोड टन खरानी धूँवामा स–साना कणका रूपमा वायुमण्डलमा फैलिनेछ। यो खरानी माथिल्लो वातावरणसम्म पुग्ने र एक हप्ताभित्र पूरै विश्वमा फैलिनेछ। अनुसन्धानकर्ताका अनुसार यो धूलो खरानीले सौर्य विकिरण सोस्ने र यसले हावा तातो हुने तथा धूँवा तीव्र गतिमा माथि उठ्नेछ।
यस अनुसन्धानले यो प्रक्रियामा पृथ्वीमा पुग्ने सूर्यको किरणको मात्रा २० देखि ३५ प्रतिशत कमी आउने देखाएको छ। यसले पृथ्वीको तापक्रम २ देखि ५ डिग्री सेल्सियससम्म कम हुनेछ। यति मात्र होइन, विश्वमा वर्षामा पनि १५ देखि ३० प्रतिशतले कम हुने र त्यसको असर अत्यन्तै गम्भीर हुने अध्ययनले जनाएको छ।

अनुसन्धानकर्ताहरूले यस स्थितिमा विश्वको स्तरमा सागसब्जीको विकास १५ देखि ३० प्रतिशतमा सीमित हुने र महासागरको जैविक विकासमा पनि ५ देखि १५ प्रतिशतले कमी आउनेछ। यो असरबाट मुक्ति पाउन १० भन्दा धेरै वर्ष लाग्न सक्ने र त्यति बेला पनि माथिल्लो वातावरणमा धूँवा रहिरहने शोधले देखाएको छ।

अनुसन्धानकर्ताका अनुसार सन् २०२५ सम्ममा हतियारको क्षमतामा अत्यधिक वृद्धि भइसक्नेछ। सन् १९४५ मा अमेरिकाद्वारा जापानको हिरोसिमामा खसालिएको बम आकारका परमाणु हतियारको क्षमता १५ किलोटन विस्फोटको शक्ति जति हुनेछ। यस स्थितिमा भारत–पाकबीच परमाणु युद्ध भएमा ५ देखि १२ करोड ५० लाख नागरिक सीधै मारिनेछ। योबाहेक विश्वभरि ठूलो परिमाणमा भोकमरीको आशंका रहनेछ।