एक किलो मेथ एम्फटामाइनसहित दुई पक्राउ


काठमाडौं, नेस ।

लागूऔषध नियन्त्रण ब्युरोबाट खटिएको प्रहरी टोलीले मेथ एम्फेटामाईन १ किलो सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ। ब्युरोले पोखराका भुवन अधिकारी र नसिमअख्तर तेलीलाई पक्राउ गरेको छ। उनीहरूलाई उक्त लागूपदार्थसहित सामाखुसीबाट पक्राउ गरेको हो।