आक्रमणको विरोधमा बौद्धमार्गी आन्दोलित


काठमाडौँ, नेस । 

बौद्धनाथमा भएको आक्रमणको विरोध गर्दै नेपालमा रहेका बौद्धमार्गी आन्दोलनमा उत्रेका छन्। संसारका बौद्धमार्गीमाथि नै आँच आउने गरी लामा गुरु, भक्तजन र विदेशी पाउनामाथि आक्रमण गरिएको भन्दै उनीहरूले भत्सर्नासमेत गरेका छन्।

असोज ११ गते विश्व सम्पदा सूचीमा रहेको काठमाडौंस्थित बौद्धनाथ स्तुुपामा बौद्ध तथा मेलम्ची घ्याङ गुठीसहित विभिन्न संघ संस्थाद्वारा आयोजित ‘चिरशान्ती पूजा’ चलिरहेको बेला एक समूहले आक्रमण गरेको भन्दै बौद्धमार्गी आन्दोलित भएका हुन्।
बौद्ध तथा घ्याङ गुठीले काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरेर घटनाका दोषीलाई कारबाहीको माग गरेको छ। गिरु रिन्पोछे भूपती ब्रज लामामाथि आक्रमण गरी घाइते बनाउनुको साथै शान्ति पूजा नै तोडफोड गरेको तर प्रहरी प्रशासनले दोषीमाथि कारबाही नगरेको भन्दै बौद्धमार्गीले विरोध जनाएका छन्।

बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष चन्द्रमान लामा, तामाङ कल्याण गुठीका अध्यक्ष खड्गजित लामाको अगुवाइमा आएको समूहले गाली गलौज गर्नुका साथै ढुंगा मुडा, रडले आक्रमण गर्नुको साथै एसिड प्रहारसमेत गरिएको उल्लेख गरिएको छ।