झुलाघाट नाका तीन दिनका लागि बन्द


बैतडी, नेस ।

नेपाल–भारत सीमानाका बैतडीको झुलाघाट नाका आजदेखि ३ दिनका लागि बन्द भएको छ। भारतको पिथौरागढ जिल्लामा अक्टोबर ५ तारेख(असोज १८ गते) जिल्ला पञ्चायत तथा ग्राम पञ्चायत सदस्य निर्वाचनको सुरक्षा संवेदनशीलता कारण जनाउँदै सीमानाका बन्द भएको हो।

बिहीबार सवा ५ बजेदेखि १८ गते साँझ सवा ५ बजेसम्म तीन दिन अन्तराष्ट्रिय सीमा (पुल) बन्द भएको बैतडीका प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले जानकारी दिनुभयो।

यसका साथै अक्टोबर १६ तारिख (असोज २८ गते) दिन भारतको पिथौरागढ जिल्ला धार्चुला पञ्चायत तथा ग्राम पञ्चायत सदस्य निर्वाचनलाई मध्यनजर गरी दार्चुलाको सीमानाका पनि बन्द हुने भएको छ। उक्त नाका असोज २७ गते साँझ सवा ५ बजेदेखि असोज २९ गते साँझ सवा ५ बजेसम्म बन्द हुने जनाइएको छ।