खसीको मूल्य आकाशियो

0
Shares

बझाङ, नेस ।

दशैं आउन पाँच दिन बाँकी रहँदा जिल्लामा खसी बोकाको मूल्य आकाशिएको छ। सदरमुकाम चैनपुरदेखि ग्रामीण बस्तीमा खसीबोकाको अभाव भएकाले अन्य समयकोभन्दा खसीबोकाको मूल्य आकाशिएको हो।

गाउँमा खसीबोका पाइँदैनन्। घरमा दशैंको समयमा सधैंको वर्षझैं यस वर्ष पनि अष्टमी गर्न सोचले सदरमुकाम चैनपुर आए पनि अन्य समयको भन्दा खसी बोकाको मूल्य दोब्बर भन्दा बढी भनेकाले आफू अचम्बीत भएको मष्टा गाउँपालिका १ वीरेन्द्रबहादुर सिंहले बताए।
उनले भने यस अघि ४ हजार मूल्य पर्ने बोकालाई अहिले ८ हजारभन्दा बढी भन्ने गरेका छन्। बजारमा १ किलो मासुको ६ सय पर्ने भए पनि अहिले जिउँदै खरिद गर्दा प्रति किलो १२ सयभन्दा बढी पर्ने देखिन्छ।

केही वर्ष पहिले गाउँमा अधिकांश कृषकले खेतीपातीको कामसँगै पशु चौपाया र बाख्रापालन गर्न गरेका थिए पछिल्लो समयमा एनजीओ आईएनजीओले गाउँ गाउँमा उन्नत जातका बाख्रा र बोका समूह बनाएर वितरण गरेपछि स्थानीय जातका बाख्रामा रोग लागेर मरे उन्नत जातका भनिएका बाख्रा बोका पनि मरेपछि गाउँमा अहिले खसी बोका नपाइने भएको स्थानीय पशुपालक जनक ओलीले बताए।

उनले भने मैले पालेका २३ बाख्रा सबै रोगले मरे एनजीओ आईएनजीओको लगानी बालुवामा पानी भएको छ। हाम्रो विकास होइन विनास गरेका छन्। जिल्लामा खसी बोका पाइँदैनन्। हामीले बैतडी र र्दाचुलाबाट खरिद गरेर ल्याउँदा पनि अन्य समयको भन्दा निकै मंहगो हुने भएकाले बझाङको सदरमुकाम चैनपुरमा पुगेर बिक्री गर्दा भन्दा मंहगो हुने गरेको व्यापारी अजय धामीले बताए।