आगलागीबाट १० लाखको धनमाल नष्ट


न्युज अफ नेपाल, नवलपरासी ।

कावासोती नगरपालिका–८ सितल चोकस्थित देवचुली कपास कारखानामा बिहीबार बिहान बिजुली सर्ट भई आगलागी भएकाे छ । आगलागीबट कपास पेल्ने मेसिन, मोटर, कपास, कपडाहरु र कारखाना समेत जलेर नष्ट भई करिब १० लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

स्थानीयबासी र दमकलको सहयोगमा आगो नियन्त्रणमा लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।