यातायात सेवामा मन्त्रालयको आकस्मिक अनुगमन


यमलाल भुसाल, बुटवल ।

प्रदेश पाँचको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको नेतृत्वमा बिहिबार बुटवलका बिभिन्न स्थानमा यातायात सेवामा अनुगमन गरिएको छ ।

यातायात सेवामा चाडपर्वको समयमा देखिने नियम बिपरितका कामलाई रोक्नकालागि आकस्मिक अनुगमन गरिएको मन्त्रालयका सचिव शंकरप्रसाद खरेलले बताउनु भयो ।

आन्तरिक मामिला तथा काुनन मन्त्रालयका सचिव खरेलको नेतृतवमा प्रदेश पाँच ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरिक्षक मधुसुदन लईँटेल सहित मन्त्रालयका कर्मचारी र ट्राफिक प्रहरीले यातायात व्यबस्थायी संस्थाका टिकट काउन्टरहरु, बसपार्क तथा चौराहामा बस स्टपमा सार्वजनिक सवारी साधन रोकेर सोधपुछ गरेका थिए ।

चाडपर्वको समयमा यात्रुको चापको फाईदा उठाएर बढी भाडा लिने, क्षमता भन्दा बढी यात्रु चढाउने तथा छतमा समेत यात्रु राखेर यात्रा गराउने लगायतका गुनासा आईरहेका बेला मन्त्रालयले आकस्मिक अनुगमन गरेको मन्त्रालयका उपसचिव हरिसिंह धामीले बताउनु भयो ।

अनुगमनका क्रममा सामान्य रुपमा क्षमता भन्दा बढी यात्रु राखेको पाईएपनि बढी भाडा लिएको नपाईएको र व्यबसायिक संघसंस्थाहरुले यातायात सेवालाई व्यबस्थित रुपमा नै सञ्चालन गर्ने प्रयास गरेको पाईएको सचिव खरेलले बताउनु भयो । मन्त्रालयले तिहार सम्मनै आकस्मिक चेकजाँचलाई निरन्तरता दिने उहाँले जानकारी गराउनु भयो ।

आकस्मिक चेकजाँच गर्ने गर्दा नियम विपरितका क्रियाकलापलाई निरुत्साहित गर्ने भएकाले चेकजाँचका कामलाई निरन्तर गर्न लागिएको हो ।

यातायात सेवा सञ्चालन गर्दा नियम विपरित क्षमता भन्दा बढी यात्रुलाई यात्रा गराउने, छतमा राख्ने तथा बढी भाडा लिएको पाईएमा कडा कारवाही गरिने प्रदेश पाँच ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रहरी उपरिक्षक लुईँटेलले बताउनु भयो । प्रहरीले प्रदेशका १२ वटै जिल्लाका बिभिन्न स्थानमा अनुगमनलाई अंगाडी बढाएको छ भने मन्त्रालयले सबै जिल्लाका प्रमुख जिल्ला अधिकारीसंग समन्वय गरेर चाडपर्वका समयमा दुर्घटना नहुनेगरी यात्रायात सेवालाई व्यबस्थित गर्ने काम गरेको सचिव खरेलले बताउनु भयो ।