आकासियो खसिको मुल्य


ललित सिंह, बझाङ ।

दशै आउन पाँच दिन बाँकी रहदा जिल्लामा खसि बोकाको मुल्य आकासिएको छ ।

सदरमुकाम चैनपुर देखि ग्रामीण बस्तीमा खसि बोकाको अभाव भएकाले अन्य समयको भन्दा खसि बोकाको मुल्य आकासिएको हो ।

गाउँमा खसि बोका पाईदैनन् । घरमा दशैको समयमा सधैको बर्ष झै यस बर्ष पनि अष्टमी गर्न सोचले सदरमुकाम चैनपुर आए पनि अन्य समयको भन्दा खसि बोकाको मुल्य दोब्बर भन्दा बढि भनेकाले आफु अचम्बीत भएको मष्टा गाउँपालिका १ बिरेन्द्र बहादुर सिहंले बताए ।

उनले भने यस अघि ४ हजार मुल्य पर्ने बोकालाई अहिले ८ हजार भन्दा बढि भन्ने गरेका छन । बजारमा १ केजि मासुको ६ सय पर्ने भए पनि अहिले जिउदौ खरिद गर्दा प्रति केजि १२ सय भन्दा बढि पर्ने देखिन्छ ।

केहि बर्ष पहिले गाउँमा अधिकांस कृषकले खेतीपातिको काम संगै पशु चौपाया र बाख्रापालन गर्न गरेका थिए पछिलो समयमा एनजिओ आईएनजिओले गाउँ गाउँमा उन्नत जातका बाख्ररा र बोका समुह बनाए बितरण गरे पछि स्थानिय जातका बाख्ररामा रोग लागेर मरे उन्नजातका भनिएका बाख्ररा बोका पनि मरे पछि गाउँमा अहिले खसि बोका नपाईने भएको स्थानिय पशुपालक जनक ओलीले बताए ।

उनले भने मैले पालेका २३ बाख्ररा सबै रोगले मरे एनजिओ आईएनजिओको लगानी बालुवामा पानी भएको छ ।हाम्रो बिकास हैन बिनास गरेका छन ।

जिल्लामा खसि बोका पाईदैनन् । हामीले बैतडि र र्दाचुला,बाट खरिद गरेर ल्याउदा पनि अन्य समयको भन्दा निकै मंहगो हुने भएकाले हामीले बझाङको सदरमुकाम चैपुरमा पुगेर बिक्रि गर्दा अन्य सयको भन्दा मंगो हुने गरेको खसि बोकोका ब्यापारी अजय धामीले बताए ।

उनले भने दशै भनेको हुने नहुनेले पनि खोज्य र मासु खाने पर्व हो । अधिकांसले पुजा गर्न भएकाले बोका नै खोज गर्न हुन्छन ।