५१ लाख भन्दा बढि रकम ठगेर फरार


सञ्जय कार्की, रौतहट ।

गिट्टीजन्य पदार्थको ढुवानीकर्ता बताउने काठमाण्डौ कागेश्वरीमनहरा नगरपालिका निबासी राजकुमार नेपालले रौतहटका दर्जनौ व्यवसायीहरुको रकम ठगेर फरार भएका छन ।

दुई बर्ष देखि रौतहटको चन्द्रनिगाहपुर लाई मुकाम बनाएका नेपालले व्यवसायी बाट जेसीबिको भाडा रकम, होटलमा खाना र बास, नगद सापटी, ट्रिपरमा ईन्धन राखेको, उधारोमा मोटरको पार्टस खरिद गरेको, ट्रिपरको लागि उधारोमा टायर खरिद गरेको लगायतका रकम ठगेर फरार भएका छन ।

उनले २० जना भन्दा बढि व्यवसायी बाट ५१ लाख भन्दा बढि ठगेर फरार भएका छन । रकम ठगेर फरार भएका नेपाल बिरुद्ध ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा उजुरी दर्ता भएको छ । प्रहरी नायब उपरिक्षक कबित कटुवालले पीडित व्यवसायीको जाहेरी दर्ता भई फरार नेपालको खोजी कार्य भैरहेको बताउनु भयो ।

व्यवसायीको रकम लिएर सम्पर्क बिहीन बनेका नेपालले ना ७ ख ३८३७, ना ६ ख ७२३६, ना ७ ख २२८९, ना ७ ख २१६४ नम्बरको ट्रिपर सहित गिट्टीजन्य पदार्थको ढुवानी गर्दै आएका थिए । सोही ट्रिपर बाट ब्यबसायी संग कारोबार गर्ने भन्दै रकम ठगेको आरोप व्यवसायीको रहेको छ । सम्पर्क बिहीन बनेका नेपालले चन्द्रनिगाहपुरका व्यवसायी शेष अनबारुलको ११ लाख, त्रिशुली होटलको खाना र नगद सापटी गरी २ लाख १० हजार, चण्डिका आयल स्टोर्सको ४ लाख ५० हजार, माधब भट्टराईको १ लाख,नबिन लामाको ५ लाख १५ हजार, अमर लामाको ५ लाख ५० हजार, अधिकारी मोटरपार्टसको ९४ हजार,चौधरी ईन्टरप्राईजेजको १ लाख ९२ हजार,सीता श्रेष्ठको होटलको खाना खाएबापतको ३३ हजार लगायतका ब्यबसायी बाट रकम ठगेर फरार भएका छन ।

पीडित शेष अनबारुलले भने कारोबार गर्ने भन्दै नेपालले आफु लगायतका ब्यबसायीको रकम ठगेर फरार भएपछि आफुहरु पीडित भएका छौ । यस्तो अबस्थामा कसरी न्याय पाईन्छ भन्दै संचारकर्मी संग हार गुहार गर्दै न्याय दिलाईदिन भनेका छन ।

नेपालले चन्द्रनिगाहपुरका ब्यबसायीका अलावा गरुडा, गुजरा नगरपालिका र बारा जिल्लाको नीजगढका ब्यबसायीको समेत रकम ठगेका छन ।