स्थानीय सवालका बारेमा वकालत गर्न इन्सेकद्धारा मानवअधिकार समुह गठन


कालीवहादुर मल्ल, कालिकोट ।

स्थानीय स्तरमा महिला,बालबालिका,दलित तथा पछाडि पारिएका र जोखिममा रहेका नागरिकहरुका अधिकारको वारेमा वकालत गर्नका लागि आज आयोजित एक कार्यक्रमका विच मानवअधिकार समुह गठन गरिएको छ ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक कालिकोटद्धारा आयोजित स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदही वनाउने परियोजना अन्तरगत खाडाचक्र नगरपालिकामा मानवअधिकार समुह गठन गरिएको हो ।

खाँडाचक्र नगर उपप्रमुख विजया विष्टको प्रमुख आतिथ्यता र नगर प्रवक्ता पुष्पराज गिरिको विशेष आतिथ्यतामा आयोजित भेलाले महिला अधिकारकर्मी अविसरा अधिकारी संगिताको संयोजकत्वमा ११ सदस्यीय मानवअधिकार समुह गठन भएको हो ।

यस्तै समुहको सचिव कपुरे विश्वकर्मा छन भने सदस्यहरुमा,सविना विक,दक्षीण शाही,छीता मल्ल, गौरीकुमारी मल्ल,विन्दा शाही,दुर्गवहादुर नेपाली,तुलाराज पाण्डे,विमला चौलागाँई र सत्यप्रसाद आचार्य रहेका छन् ।

समुहले स्थानीय स्तरमा जोखिममा परेका समुदाय महिला,बालबालिका,दलित लगाएतका समुदायको शिक्षा,स्वास्थ्य,खाद्य र आवासको अधिकारको पहुँचका लागि माग दावि गर्न क्षमता अभिवृद्धि गर्ने इन्सेक सहजकर्ता रमेश सुनारले जानकारी गराउनु भएको छ ।