एसपी उमा प्रसाद चतुर्बेदीले मच्चाए तहल्का


सुभेन्द्र दास, लहान ।

सिराहाका नव अगन्तुक प्रहरी प्रमुख प्रहरी उपरिक्षक उमा प्रसाद चतुर्बेदी आएपछि अपराधमा कमी आएको सरोकारवालाहरुले बताएका छन् । सिराहाका बासीलाई शान्ति सुरक्षाको अनुभुति दिलाउन वाचाका गरे स्वरुप उनले कार्य गर्दै आइरहेका छन् ।

“नेपाल प्रहरीको चाहना शाान्ति र सुरक्षाको कामना ”भन्ने नारा लिएर २०५३ सालमा प्रहरी निरिक्षकबाट प्रहरी सेवामा प्रवेश गरेका चतुर्बेदी यसअघि यसअघि ०७२ सालमा लहान ईलाका प्रहरी कार्यालय प्रमुख९डिएसपी०को जिम्मेवारीमा हुँदा शान्ति सुरक्षा तर्फ ६ महिना मधेस आन्दोलनको क्रममा प्रदेश नम्बर २ का ८ वटै जिल्ला मध्य यस्तो कुनै जिल्ला छैनन् प्रहरी तर्फ बाट मान्छे नमरेको , मानव छेत्ती नभएको तर मधेस आन्दोलनको मुख्य ठाँउ लहानमा कहि पनि प्रहरीको तर्फबाट मान्छे मरेन ,मानव छेत्ती भएका थिएन ।

स्थानीय भन्छन् डिएसपी उमा प्रसाद चतुर्बेदी लहानका प्रमुख नभएको भए प्रहरीको तर्फ बाट १००–२०० मानिसको हत्या हुने थियो र टिकापुर भन्दा धेरै ठुलो घटना पनि हुनेथियो तर निडर र हक्की स्वभावका एसपी चतुर्बेदी संगठनले दिएको जिम्मेवारी पुरै ईमान्दारिताका साथ पालना गर्ने प्रहरी अफिसर भेष राज रिजालनै बताउछन।

त्यसै गरि अपराध माहाशाखा काठमाण्डौमा प्रहरी नायव उपरिक्षक पदमा कार्यरत रहदा सिल्यर किलर अबिशेक राज सिंह लगभग धेरै मान्छेहरुको हत्या गरि फरार रहेका सिंहलाई र अबैध रकम असुली फोनबाट धम्की दिएर चन्दा असुली गर्ने गिरोहका नाईके तथा अपराधीहरुलाई समेत चतुर्बेदीले पक्राउ गरेको थियो । चतुर्बेदी प्रहरी सेवामा एक पल्ट सिआईवी ब्युरोमा हुदा खेरी बहुत चर्चित पाँचथरको ९ जना हत्या घटनाको अनुसन्धान समेत गरी सकेकाछन भने दुई पल्ट मिशनको परिक्षामा पास भएर विदेश सम्म मिशनमा परिसकेका चतुर्बेदी प्रहरी उपरिक्षकको पहिलो प्रमुख भएर सिराहा आएका हुन । लगायतका ठाँउमा पनि प्रहरी सतर्कता र सक्रियता देखाएका थिए ।

एसपी उमा प्रसाद चतुर्बेदी जहा रहदा पनि “म बाघको डमरु हु मलाई सिनो खाने कुकुर नसम्झ” भन्ने बडाकाजी उमा प्रसाद चतुर्बेदीको वाणी राख्ने चतुर्बेदीको कामलाई अहिले सिराहाबासीले बल्ल गर्जियो बाघको डमरु भन्न थालेका छन् । कार्यभार सम्हालेकै दिन देखि एसपी चतुर्बेदीले जिल्लाको अस्थायी चौकी देखि लिएर ईलाका प्रहरी कार्यालय सम्म पुगी कडा निर्देशन दिई तस्करी, गुण्डागर्दी निर्मूल पार्ने आफुमातहतका कर्मचारीलाई कसम खुवाएका थिए ।सिराहामा एसपी उमा प्रसाद चतुर्बेदी आएपछि तहल्का नै मच्चिएको छ । उनको अगमनले धेरैको होस हवासनै उडाएको छ । स्रोतका अनुसार अहिले चतुर्बेदी रातभरी विभिन्न चौकीमा प्रहरीले राम्रोसगा ड्युटी गरे नगरेको भन्दै खटिने गरेका छन् । उनी एक रातमा सिराहा देखि ठाडि हुदै लहान र बन्दिपुर सम्म राउण्ड मार्ने गरेको बुझिएको छ ।

त्यसै सिराहा जिल्लाको तस्करी अखडा मानिने माडर र ठाडि क्षेत्र अहिले पूर्ण रुपमा तस्करी ठप्प भएको र तस्करहरु ठाँउ छाडी भागेको बुझिएको छ । नाम उल्लेख नगर्ने शर्तमा एक तस्करले भने – नव एसपी चतुर्बेदी आएदेखि अहिले तस्करी गर्न निकै कठिन भएको छ । माडर क्षेत्र बाट मदिरा ,कपडा, मटर र मरिच तस्करी बढ्दै गइरहेको अवस्थमा प्रहरी उपरिक्षक चतुर्बेदीले दिन रात खटी कुल १ करोड,९८ लाख मुल्य बराबरको कपडा , मटर , मदिरा र मरिच तस्करहरुलाई पक्राउ गरी तस्करी ठप्प गराएका छन् । स्थानिय बासिन्दाका अनुसार माडर , ठाडि क्षेत्र पहिला तस्करीको अखडा झै बनेको थियो तर एसपी उमा प्रसाद चतुर्बेदी आएपछि अहिले तस्करी पूर्ण रुपले ठप्प भएको स्थानीय अशोक यादव बताउछन् ।

जिल्ला प्रहरी कार्यालय मातहतका प्रहरी यूनिटहरुमा सर्वसाधरणको गुनासो आउन थालेपछि सम्बन्धित प्रहरी कर्मचारीलाई जिल्ला प्रहरी कार्यालयमा झिकाई तत्काल कार्यवाही गर्ने गरेको बुझिएको छ ।“म खादा पनि खान्न र अरुलाई खान पनि दिन्न” उनको भनाइ रहेको छ । तस्करहरुसित रकम खाएको सुनिए कुनै पनि दर्जाका प्रहरी कर्मचारीलाई स्पटमै कार्यवाही गर्ने बताउदै तस्करी नियन्त्रणमा सबैलाई सहयोग गर्न आग्रह समेत गरेका छन् ।उनले जिल्लामा कैसेले पनि १० मिनट भन्दा बढी चक्काजाम र हडताल गरे प्रहरीलाई सह्य नहुने भन्दै यदि कसैले बन्द, हडताल गर्न खोजे त्यसको परिणाम राम्रो नहुने चेतावनी समेत दिइसकेका छन् ।

जिल्ला प्रहरी कार्यालय सिराहाले दिएको तथ्याङ अनुसार चतुर्बेदीको कार्यकालमा अहिले तस्करी नियन्त्रण हुनुका साथै राजस्वमा समेत व्यापक वृद्वि भएको छ । जिल्ला प्रहरी कार्यालय मातहत खटिएको प्रहरी टोलिले विभन्न नाकाबाट तस्करी गरी ल्याउदै गरेको कपडा, खाध मल, चिनी, मोटर पार्टस, ईलोक्ट्रोनिक्स, सुपारी, कुखुरा लगाएत अन्य साम्रगीहरु पक्राउ गरी गत आ।व ०७५–०७६ मा कुल २ करोड ३२ लाख राजस्व सकंलन गरेको थियो भने आ।व ०७६–०७७ को ३ महिना १५ दिनमा एसपी उमा प्रसाद चतुर्बेदीको कार्यकालमा १ करोड ९८ लाख राजस्व संकलन गर्न सफल भएको छ ।एसपी चतुर्बेदी आएको चार महिना भित्रै शान्ति सुरक्षा , तस्करी , चोरि , लागुऔषध र राजस्वमा समेत परिर्वतन ल्याइ देखाई दिएका छन् ।

अपराध नियन्त्रणमा एसपी चतुर्बेदीको सक्रियता र क्रियाकलापले प्रहरीले केही गर्छ भन्ने सिराहाबासी र जनप्रतिनिधिमा विश्वास मात्र दिलाएको छैन थप आशा समेत जगाइ दिएको सिरहा नबराजपुर गाउँपालिकाका अध्यक्ष बिश्वमोहन यादव ९मुखिया०बताउँछन् । त्यसैगरी बरियारपट्टी गाँउपालिकाका अध्यक्ष सन्तोष कुमार महतो भन्छन– अहिले नव एसपी जिल्लामा आएदेखि जिल्लामा एकदमै शान्ति सुरक्षा महसुस गरेका छौँ ।त्यसै उदयपुरको कटारी, गाइघाटदेखि ओखलढुंगासम्मका युवा लागूऔषध सेवन गर्न सीमापारीको बजारसम्म धाउन थालेको प्रहरी रेकर्डबाट देखिन्छ। उनीहरू बन्दीपुरको कमला बाँध हुँदै भारतको सीमावर्ती जयनगर, चोहर्वा–सिराहा–माडर हुँदै भारतको सीमावर्ती जयनगर, लहान–भगवानपुर–ठाडी हुँदै भारतको सीमावर्ती लौकाहा,जिरोमाइल–सुखीपुर लौकाहा,जिरोमाइल–सुखीपुर–बरियारपट्टी हुँदै भारतको सीमावर्ती लदनीया बजार लागयतका अन्य स्थानबाट लागुऔषध सेवन तथा तस्करीको लागि सिरहा आउने युवा युवतीलाई शंकाको आधरमा नियन्त्रण लिई सम्झाइ बुझाइ अभिभावकको जिम्मा लगाई छाडिने गरेको सिरहाका प्रहरी प्रमख उमा प्रसाद चतुर्बेदीले बताए ।

उनले भने–धुम्रपान , मदिरा तथा लागुऔषध नियन्त्रयण दस्ता परीचालन गरेदेखि देशका विभिन्न ठाँउबाट सिमा नाका सिरहाको ठाडि , बरियारपट्टी र माडरमा आउने युुवा युवती शंकास्पद लागि ३७५ भन्दा बढीलाई नियन्त्रणमा लिई अभिभावकको जिम्मा लगाई सकेका छौ । कुनै पनि कुलतको शुरुवात चुरोट र खैनी भएकोले आफुले सबै भन्दा पहिले सार्वजनिक स्थलमा धुम्रपान गर्ने र खैनी खानेलाई कानुन अनुसार कार्यवाही गर्ने जनाए पछि धुम्रपान गर्नेहरु अहिले त्रसित भएका सिराहा प्रहरीको तथ्यांक अनुसार ०७५÷०७६ मा लागूऔषधसहित १३८ जना पक्राउ परेका छन्। जसमा १२१ जनामाथि मुद्दा चलाइएको छ। ६० जना कारागार चलान भएका छन्। जेठ महिनादेखि अहिलेसम्म करिब ४० मुद्दामा ६० जना मानिस पक्राउ परिसकेका छन्।

त्यसैगरी अहिले जिल्लाका विभन्न होटलमा वेश्यावृत्ति गराउने संचालकहरु र युवतीहरु धमाधम पक्राउ परिरहेका छन् । सिराहा जिल्लाको केही होटलमा वेश्यावृत्ति गराउने संचालक र युवतीहरु झन्डै ३००–४०० जनालाई प्रहरीले पक्राउ गरेको थियो । अहिले जिल्लामा अपराध नियन्त्रण गर्नलाई प्रहरीले रातिको ९ बजे भित्र विभिन्न होटल, रेष्टुरेन्ट लगायतका अन्य पसलहरु बन्द गर्न निर्देशन दिएको छ ।

जिल्लामा अहिले प्रहरी प्रमुख चतुर्बेदीले क्यारेम बोर्ड, लुडो लगायत खेलका आडमा विभिन्न अपराधिक क्रियाकलाप हुने सक्ने खतरालाई मध्यनजर गर्दै कुनै पनि सार्वजनिक स्थानमा त्यस्तो पाईए जुवा तास ऐन अन्र्तगत कारवाही गर्ने बताएका छन् ।

त्यस्तै आफ्नो कार्यकालमा चोरी ,लैङगिक हिंसा, छुवाछुत सम्बन्धि विभिन्न जनचेतनामुलक कार्य गर्ने र अटेर गर्नेलाई कडा कार्यवाही गरिने बताए । गुण्डा गर्दी गर्ने र चन्दा माग्ने जस्ता कुरा कुनै पनि हालतमा सहय नहुने बताउदै जस्तो जुनसुकै खोल ओढेको गुण्डागर्दीलाई निमिटयान्न पार्ने दावी समेत गरेका छन् । उनी आएपछि सिराहामा चोरि, लैंगिक हिंसा, अपराधविरुद्ध प्रहरी सक्रियता बढेको छ। चालु आर्थिक वर्षमा चोरीका १२ मुद्दा दर्ता भएका छन्। १७ प्रतिवादी मध्ये १२ प्रतिवादी पक्राउ परिसकेका छन्। गत वर्षमा ९आर्थिक वर्ष ०७५ – ७६० चोरीका ६४ मुद्दा दर्ता थिए । ८८ प्रतिवादीमध्ये ६८ मात्र पक्राउ परे त्यस मध्य २० जना अझै फरार छन्।