कंगारु मारिए


सिडनी,(एजेन्सी)।अस्ट्रेलियाली प्रहरीले बुधबार आफ्नो कारले किचेर २० वटा कंगारु मारेको अभियोगमा एक १९ वर्षीय पुरुषलाई गिरफ्तार गरेको छ। सिड्नीको दक्षिण भागमा पर्ने एउटा शहरका सडकमा बिहान केही सानालगायत ती कंगारु मारिएको अवस्थामा फेला परेको थियो।

प्रहरीले मंगलबार राति करिब एक घन्टाको दौरान निर्दोष कंगारुमाथि त्यसरी आक्रमण भएको हुनुपर्ने अनुमान गरेको छ। सोही राति पक्राउ गरिएका ती नाम नखुलाइएका किशोरलाई जनावरमाथि यातना दिएको तथा क्रूर व्यवहार गरेको अभियोग लगाइएको छ।