जंगली च्याउ खाँदा परिवारै बिरामी

0
Shares

सर्लाही, (नेस)। जंगली च्याउ खाँदा सर्लाहीको ईश्वरपुर नगरपालिका–१ शंकरगन्जका एकै परिवारका ७ जना बिरामी परेका छन्।

मंगलबार दिउँसो जंगलबाट ल्याएको विषालु जंगली च्याउ पकाएर खाएका शंकरगन्ज गाउँका राजन सिंह दनुवार, उनका छोराहरू वर्ष राकेश सिंह दनुवार, राजेश सिंह दनुवार, छोरी पुनिताकुमारी सिंह दनुवार, भाइ रमेशसिंह दनुवार, बुहारी चन्दासिंह दनुवार, भतिजी सोनीकुमारी सिंह दनुवार र भतिजा जेयान सिंह दनुवार बिरामी परेका हुन्।

उनीहरूलाई अमृत हेल्थ केयर बयलवासमा सामान्य उपचार गरी थप उपचारको लगि राति नै जनकपुर पठाइएको छ। जंगली च्याउ खाएपछि उनीहरूमा रिंगटा लाग्ने, वाकवाकी लाग्ने समस्या देखिएको थियो।तीन दिनअघि पनि त्यही गाउँमा जंगली च्याउ पकाएर खाएका एकै परिवारका १२ जना बिरामी परेका थिए।