पर्वत, (नेस)।निरन्तरको वर्षाका कारण झन्डै एक महिना ढिलो गरी कालीगण्डकी नदीमा जलयात्रा (र्याफ्टिङ) शुरू भएको छ।नदीमा पानी सतह घटेपछि गत जेठ अन्तिम सातादेखि बन्द भएको जलयात्रा बुधबारदेखि शुरू भएको हो।
कालीगण्डकीमा अंग्रेजी महिना सेप्टेम्बरको पहिलो सातादेखि नोमेम्बरको मध्यसम्म सञ्चालन हुने भएपनि यसपटक झन्डै एक महिना ढिलो गरी जलयात्रा शुरू भएको हो। निरन्तरको वर्षा नरोकिएका कारण बुधबारबाट पहिलो समूह र्याफ्टिङ गर्न आएको हो।
कालीगण्डकीमा अंग्रेजी महिना सेप्टेम्बरको पहिलो सातादेखि नोमेम्बरको मध्यसम्म सञ्चालन हुने भएपनि यसपटक झन्डै एक महिना ढिलो गरी जलयात्रा शुरू भएको हो।
निरन्तरको वर्षा नरोकिएका कारण बुधबारबाट पहिलो समूह र्याफ्टिङ गर्न आएको छ। एक महिना ढिलो गरी जलयात्रा शुरू भएकोले धेरै पर्यटकले जलयात्रा गर्न नपाउने अवस्था रहेको स्वीसा र्याफ्टिङ एन्ड ट्रेकिङ एक्सपिडेसनका प्रबन्ध निर्देशक देव रेग्मीले बताउनुभयो।
‘अहिले पनि पानी परिरहेको छ’ उहाँले भन्नुभयो ‘वर्षाका कारण यस पटक व्यवसाय चौपट भएको छ’छोटो र पारिवारिक जलयात्राका लागि कालीगण्डकी नदीमा जलयात्रा गर्न आउने पर्यटक प्रत्येक वर्ष बढ्दै गएका थिए।
एक सिजनमा कम्तीमा पनि २ देखि ३ हजार पर्यटकले जलयात्रा गर्दै आएका छन् तर यो सिजनमा वर्षा, बाढी, पहिरो नरोकिएका कारण सेप्टेम्बरको शुरूमै बुक गरेका धेरै पर्यटकले र्याफटिङ रद्द गरिसकेको रेग्मीले बताउनुभयो।
कालीगण्डकी नदीमा १० वटा भन्दा धेरै कम्पनीले र्याफटिङ सञ्चालन गर्दै आएका छन।
पर्वतको कुश्मा नगरपालिका १ पाङ स्थित नयाँपुल तथा मालढुंगादेखि शुरू हुने र्याफ्टिङ स्याङजा, पर्वत र गुल्मी जिल्लाको सिमानामा रहेको कालीगण्डकी ‘ए’ जलविद्युत परियाजनाको जलाशयमा पुगेर टुङगिन्छ।
तीन दिन लाग्ने सो जलयात्रा पर्यटकका लागि निकै आकर्षक गन्तव्यको रूपमा रहेको छ।कालीगण्डकी नदीमापानीको छाल, मनोरम दृश्य, झरना, विभिन्न वनस्पति, जलचरको अवलोकन, प्रदूषणरहित हावापानीबाट पर्यटक आकर्षित हुने गर्दछन्।
यहाँ धेरै इजरायली पर्यटक आउने गरेका छन भने अस्टे«लिया, युरोपियन मुलुक र अमेरिकी पर्यटकको रोजाइमा पनि कालीगण्डकी नदी पर्दै आएको छ।
नयाँपुल–मोदीवेणी खण्डमा पहिलो दिनको यात्रा बनाएर जाने साथै दोस्रो दिनमा पर्वतकै विहादी गाउँपालिका बर्राचौरको पूर्तिघाट नजिक बस्ने र तेस्रो दिनमा मिर्मी हुँदै पोखरा जाने गरी पर्यटकहरू यात्रा तय गर्ने गरेका छन्।
यात्राको क्रममा बस्ने ठाउँहरूमा भौतिक संरचनाको विकास गर्न र कुस्मा नगरपालिकाको आर्मादी नजिकै खोलाको बीचमा रहेका ठूला ढुंगाहरू नहटाउँदा समस्या आउने गरेको पर्यटक गाइड नवीन केसीले बताउनुभयो।











प्रतिक्रिया