दार्चुला, (नेस)।नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्व समूहका जिल्ला सदस्य वसुन्धराप्रसाद भट्ट पक्राउ परेका छन्।
इलाका प्रहरी कार्यालय गोकुलेश्वरले शैल्यशिखर नगरपालिका–९ गोकुलेश्वरबाट मंगलबार बेलुकी पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक सुरेन्द्रप्रसाद जोशीले जानकारी दिनुभयो।
मार्मा गाउँपालिका–२ मटेला घर भएका ४० वर्षीय भट्टलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय ल्याएको तथा उनीमाथि अनुसन्धान भएको उहाँले बताउनुभयो। उनीमाथि राज्य कसुर विरुद्धको मुद्दा चलाइने तयारी भएको उहाँले बताउनुभयो।











प्रतिक्रिया