कम्बोडियाका राजा सिहामोनी चीनबाट स्वदेश फिर्ता   


चीन । कम्बोडियाका राजा नोरोडोम सिहामोनी बुधबार स्वदेश फर्किनु भएको छ ।

उहाँसँगै उहाँकी आमा तथा पूर्वरानी नोरोडोम मोनीनेथ सिहनौक एक महिनाभन्दा बढी समयपछि स्वदेश फर्किनु भएको हो ।

उहाँहरू नियमित स्वास्थ्य परीक्षण तथा उपचारका लागि चीनको राजधानी बेइजिङ जानु भएको अधिकारीहरूले जनाएका छन् ।

स्वदेश फर्किने क्रममा उहाँहरूलाई कम्बोडियाको राजधानीस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको थियो ।

उहाँहरूको स्वागतका लागि प्रधानमन्त्री सम्डेच टेचो हुन सेन, कम्बोडियाका लागि चिनियाँ राजदूत वाङ वेन्टैनलगायत विमानस्थल पुग्नुभएको थियो ।

कम्बोडियाका ६६ वर्षीय राजा सिहामोनी सामान्यतया वर्षमा दुई पटक स्वास्थ्य परीक्षण तथा उपचारका लागि चीन जाने गर्नुभएको छ ।
रासस/सिन्ह्वा