बाघको आक्रमणबाट महिलाको मृत्यु


न्युज अफ नेपाल, बर्दिया ।

पाटे बाघको आक्रमणबाट बर्दियामा एक महिलाको मृत्यु भएको छ ।पाटे बाघको आक्रमणमा परी मृत्यु हुनेमा बाँसगढी नगरपालिका–२ ४० वर्षीया गङ्गा सलामी मगर रहेको प्रहरीले बताएको छ । उनलाई बर्दियाको बाँसगढी नगरपालिका–२ मा रहेको भगवती सामुदायिक वनमा घाँस काट्न गएकाबेला आक्रमणमा परी बुधबार साँझ मृत्यु भएको प्रहरीले जानकारी दिएको हो ।

बाघले मृतकको हात र घाँटीमा गम्भीर घाउ बनाई गम्भिर बनाएपछि उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज कोहलपुर लैजाँदै गर्दा बाटोमा नै ज्यान गएको बर्दिया राष्ट्रिय निकुञ्ज स्रोतले बताएको हो ।

एक साताअघि पनि घाँस काट्न गएकी एक महिला लक्ष्मी मल्ललाई पनि पाटे बाघले आक्रमण गर्दा घाइते बनाएको थियो । नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा उहाँको उपचार भइरहेको छ ।

मङ्गलबार पाटे बाघले एउटा गोरु र आठ वटा बाख्रासमेत मारेको स्थानीयले बताका छन् । सात महीनाको अवधिमा बर्दियामा पाटे बाघको आक्रमणमा परी पाँच जनाको मृत्यु भएको छ । अहिले निकुञ्जभित्रबाट निस्किएर सामुदायिक वनमा समेत पाटे बाघले आक्रमण गरेपछि यस क्षेत्रका स्थानीवासी त्रसित बनेका छन् ।