एसईई पूरकको नतिजा सार्वजनिक


न्युज अफ नेपाल, काठमाडौ ।

राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) ले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) तर्फ पूरकको नतिजा सार्वजनिक गरेको छ । पनिका सानोठिमीले गत भदौ १ गतेदेखि ११ गतेसम्म सञ्चालन भएको परीक्षाको नतिजा आज दिउसो सार्वजनिक गरेको जनाएको छ । परीक्षा नियन्त्रक रामराज खकुरेलले परीक्षामा एक लाख ६५ हजार ६ सय ९४ जना सहभागी भएको जानकारी दिनुभयो ।

नतिजा अनुसार १ लाख ११ हजार ६ सय ७८ जनाको ग्रेडवृद्धि भएको छ । परीक्षामा १ लाख ६५ हजार ९ सय ९४ परीक्षाथी सम्मिलित थिए । परीक्षाको नतिजा राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय लगायतका संस्थाको वेभसाइट तथा नेपाल टेलिकमको १६०० डायल गरेर थाहा पाउन सकिने नियन्त्रक खकुरेलले जानकारी दिनुभयो । उहाका अनुसार परीक्षामा १२ जनाको परीक्षा रद्ध गरिएको छ ।