६ वर्षीय बालिकालाई करणी गर्ने युवा प्रक्राउ


रामचन्द्र वि.क., रामेछाप ।

रामेछापको दोरम्बा– ५ का अर्जुन थापा ६ वर्षीय बालिकालाई जवर्जस्ती करणी गरेको अभियोगमा प्रक्राउ परेका छन् । सोमबार राती जवरजस्ती करणी गरेर भागेका थापालाई मंगलबार काठमाडौं भाग्दै गर्दा माकादुमबाट प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रामेछापले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख प्रहरी नायब निरिक्षक सन्तोष भट्टराईका अनुसार सोमबार साँझ गंगा मायाँ (नाम परिवर्तन) लाई मोबाइल दिन्छु भन्दै फकाएर थापाले आफ्नै घरमा बोलाएर जर्वजस्ती करणी गरेका थिए । थापाको हर्कतबाट दुखाईमा पीडित बनेकी बालिकाले आफ्नी आमासँग आफ्नो यौनांग दुखेको भन्दै रोएकी थिइन् । आमाले बालिकासँग थप बुझ्ने क्रममा पीडित बालिकाले रुँदै घटनाको बिवरण बताए पछि सबै कुरा खुलासा भएको हो ।

युवाले आफूले गरेको हर्कतको बारेमा बालिकाले परिवारका सदस्यलाई जानकारी गराएको थाहा पाए पछि भागेको र पीडित बालिकाको परिवारले राती साँढे आठ बजे मात्र घटनाको बारेमा प्रहरीलाई खबर गरेका थिए । सोमबार राती भागेका युवालाई प्रहरीले खोजतलास गर्दै जाँदा मंगलबार बिहान भेट्टाएको र उनलाई नियन्त्ररणमा लिएर पुर्पक्षको लागि थुनामा राखेर थप अनुसन्धान भईरहेको प्रनाउ भट्टराईले बताउनुभयो ।