शिक्षामन्त्री पोखरेलको चेतावनी : बढी लिएको शुल्क फिर्ता गर्नुस


न्युज अफ नेपाल, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणी पोखरेलले एमबिबिएस अध्ययनरत विद्यार्थीसंग बढी लिएको शुल्क फिर्ता गर्न आग्रह गर्नुभएको छ । अनेरास्ववियुले आज दिउसो आयोजना गरेको अन्तक्रिया कार्यक्रममा मन्त्री पोखरेलले बढी लिएको शुल्क तत्काल फिर्ता नगरे मुद्धा लगाउने समेतको चेतावनी दिनुभयो । उहाले भन्नुभयो–बढी लिएको शुल्क फिर्ता गनुर्स, सरकारले मुद्धा चलाउन नपरोस मुद्धा चलाए राम्रो हुदैन । उहाले निजी मेडिकल कलेजलाई नियम अनुसार अघि बढ्न समेत आग्रह गर्नुभएको छ । जुन ऐन बनेको छ, त्यसलाई टेकेर कार्यान्वयन गर्न लागौ, नियम विपरित कुनैपनि काम गर्न कसैलाई छुट छैन–उहाले भन्नुभयो । उहाले चिकित्सा शिक्षा आयोगले छात्रवृति, साझा इन्ट्रान्स लगायतका विषयमा कार्यविधि तयार भैरहेको बताउनुभयो ।

‘चिकित्सा शिक्षाका समस्या तथा ऐन कार्यान्वयनको सवाल’ विषयक अन्तक्रिया कार्यक्रममा उहाले विद्यार्थी , अभिभावक र मेडिकल कलेज संचालनकलाई उत्तेजित नहुन आग्रह समेत गर्नुभएको छ । कार्यक्रममा चिकित्सक भगवान कोइरालाले पारदर्शी रुपमा सरकारको निर्देशक कार्यान्वयन गर्न आग्रह गर्नुभएको छ । उहाले अन्डरटेवलमा कुनैपनि काम गर्नु राम्रो होइन, सबै पारदर्शी रुपमा काम गर्दा उचित हुन्छ–उहाको भनाई थियो । कार्यक्रममा बोल्दै निजी मेडिकल कलेज एसोशियसनका अध्यक्ष वसुरुद्धिन अन्सारीले सुचना निकालेर भर्ना गर्दा केही नबोल्ने , तर शुल्क घटाउनुपर्छ भनेर आन्दोलन गर्नु गलत भएको बताउनुभयो । उहाले भर्ना गर्दा लम्पसार पर्ने तर अहिले शुल्क फिर्ता गर भन्नु गलत नियम भएको आरोप थियो । सरकारले बढेको शुल्क तत्काल फिर्ता गर्न निर्देशन दिएपछि साचो बुझाएर भर्ना नलिने आन्दोलन थालेका निजी मेडिकल कलेज संचालकले यसअघि मन्त्री नै हटाइदिने चेतावनी दिएका थिए ।

लगत्तै अनेरास्ववियुले तत्काल निजी मेडिकल कलेजहरुको सरकारलेनै संचालन गर्न आब्हान गरेका थिए । कार्यक्रममा पुर्वमन्त्री एवं नेकपाका नेता खगराज अधिकारीले निजी मेडिकल कलेजले ठगीरहेको आरोप लगाउदै सरकारले तोकेको शुल्कमा पढाउनैपर्ने स्पष्ट पार्नुभयो । उहाले भन्नुभयो–एक हप्तामा १५ जना विद्यार्थीपनि भर्ना नगर्ने अनि विद्यार्थीसंग मनपरी शुल्क अशुल्ने मेडिकल कलेजले बढी लिएको शुल्क फिर्ता गर्नुको विकल्प नभएको बताउनुभयो । अधिकांस कलेजको मापदण्ड पुगेको छैन , चुहिएको प्रयोगशालामा काम गर्न बाध्य भएका छन यस्ता कलेजले मनपरी रुपमा शुल्क लिएर विद्यार्थीमाथी ठगी गरिरहेको उहाको आरोप थियो ।

पुर्व मन्त्री एवं नेपाली काग्रेसका नेता एनपी सावदले सबै निजी मेडिकल कलेजले बदमासि नगरेको तर्क गर्दै व्यवस्थित रुपमा संचालन गर्नुपर्ने बताउनुभयो । नेकपाका नेता विनोद ढकालले तोकेको भन्दा बढी शुल्क लिन नहुने बताउदै यस्को लागि मापदण्ड निर्माण गर्नुपर्ने बताउनुभयो । नेविसंघका पुर्व अध्यक्ष नैन सिह महरले सरकारले बढी शुल्क लिएका कलेजमाथी कारबाही गर्नुपर्ने उल्लेख गर्नुभयो । उहाले भन्नुभयो –सरकारले तोकेको शुल्क लिएर पढाउन नसक्ने भन्दै आन्दोलन गर्ने निजी मेडिकल कलेजलाई सरकारीकरण गर्नुपर्छ । यो राम्रो अवसर हो अटेर गर्नेमाथी कारबाही गर्नेपर्छ ।

निजी मेडिकल कलेज संचालक शुनिल शर्माले अहिलेको शुल्कमा अध्यापन गराउन सम्भव नभएको तर्क राख्न्ुभयो । अनेरास्ववियुका अध्यक्ष ऐन महरले सरकारले चिकित्सा शिक्षा ऐनलाई व्यववस्थित गर्न नसकेको बताउनुभयो । सरकारले तत्काल ऐन कार्यान्वयन गर्नुुपर्ने धारणा राख्दै उहाले एन अनुसार संचालन गर्नुपर्ने उल्लेख गर्नुभयो । ‘सरकारले तोकेको शुल्कमा नपढाउने निजी मेडिकल कलेजलाई कारबाही गर्न सरकारलाई आग्रह गर्नेछौ’ यदी सरकारले मान्दन भने हामी विद्यार्थीको हक हितको निम्ति आन्दोलन गर्न बाध्य हुनेछौ ।सरकारले तोकेको शुल्क भन्दा बढी लिनेमाथी कारबाही गर्न आग्रह उहाले भन्नुभयो–शुल्क फिर्ता गर्न तत्काल पहल गरियोस ।