भन्सार छली ल्याएको ३२ खसीबोका प्रहरी नियन्त्रणमा


न्युज अफ नेपाल, महोत्तरी ।

भारतबाट नेपाल ल्याउँदै गरेको ३२ वटा खसीबोका महोत्तरीको जलेश्वरबाट सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ ।

मंगलबार महोत्तरीको जलेश्वर नगरपालिका–५ विसनपुरबाट भन्सार छली ल्याएको ती खसीबोका नियन्त्रणमा लिएको हाे ।

भन्सार छली गरी भित्र्याइएको खसीबोका नियन्त्रणमा लिएर जलेश्वर भन्सार कार्यालयलाई बुझाएको सशस्त्र प्रहरीले जानकारी दिएको छ ।

२ लाख मूल्य बराबरको खसीबोका भन्सारमा बुझाइएको जनाइएको छ ।