सभामुख बलात्कार प्रकरणः वास्तममा के भएको थियो पिडितको डेरामा ?


न्युज अफ नेपाल काठमाडौं ।

संघीय संसद प्रतिनिधी सभाका सभामुख कृष्ण बहादुर महराले आफ्नो पदीय मर्यादा विपरित आम नागरिकले सोच्न पनि नसकिने हर्कत गरेका छन्। सभामुख महराको यस्तो हर्कतले संसदीय मर्यादामाथि नै प्रश्न उठेको छ ।

महराले संसदमै काम गर्ने एक महिला कर्मचारीलाई उनकै डेरामा गएर जवर्जस्ती करणी गरेको आरोप लगाएकी छिन्। आइतवार साँझ ती महिला कर्मचारीलाई सभामुख महराले तिनकुनेस्थित उनको डेरामै गएर जवर्जस्ती करणी गरेको आरोप लगाएकी हुन्।

वास्तममा के भएको थियो स्नेहाको डेरमा ?

मदिराले लठ्ठ भएर पिडितको डेरामा गएका महराले त्यहाँ जवर्जस्ती उनलाई मदिरा पिलाएका थिए। मदिरा समेत आफैले लिएर गएको उनले बताएकी छन् । आफ्नो घरमा श्रीमान नभएको र श्रीमान नभएको बेलामा नआउन भनेपनि महराले सो कुरालाई सुनेनन्। बरु सुरक्षाकर्मीहरुलाई साथ लिएर उनी करणी गर्ने मनसायले पिडितको डेरामा पुगेको उनी बताउँछीन् ।

सामुदायिक मार्गमा गाडी रोकाइ त्यहि सुरक्षाकर्मीलाई छोडेर भित्र गएका उनी अरु दिनमा भन्दा डेरामा प्रवेश गर्ने वित्तिकै फरक रुपमा प्रस्तुत भएका थिए। पारिवारिक सरहको साईनो भएका कारण महरा त्यहाँ बेलाबेलामा गइरहन्थे। महरालाई उनले आदरले सर भन्ने गर्थिन। जवर्जस्ती भएपछि पिडितले भनिन ‘ढोकाबाट प्रवेश गर्नेवित्तिकै महरासर मेरो वेडरुममै प्रवेश गर्नुभयो।

दुईवटा खाट भएको बेडरुममा ठूलो खाटमा बसे। उनले आफूसँग ल्याएको रक्सी र स्न्याक्स निकाल्दै त्यसलाई खानका लागि गिलास र प्लेट ल्याउन लगाए । तर मैले हुन्न म खान्न भन्दा पनि उहाँले जबरजस्ती गर्नुभयो ।’ उनले त्यसो भन्न नपाउँदै आज दशै मनाउने हो भन्दै महराले उनलाई पिउन दवाव दिए।

सभामुखको दवाव झेल्न नसकेपछि दुईवटा ग्लास लिएर साथ दिन बसेकी उनलाई महराले फेरि दुईवटा किन एउटैमा खाउँ न भन्दै दबाव दिन थाले । करिव एक लिटरको वोतलमा रहेको रक्सी आधा सकिएपछि महराले आफ्नो दानवी व्यवहार देखाउन थालेको उनले खुल्लस्त बताएकी छन् । जुन कोठामा स्नेहाले महराको खातिरदारी गरेकी थिइन त्यहि कोठामा उनी आफ्नै हाकिमबाट लुटिइन। उनको जीवनमा यसअघी पनि महराले दुर्व्यवहार नगरेका भने थिएनन। तर महराको उच्च राजनीतिक हैसियतका अगाडी उनले त्यसलाई दवाएरै राखेकी थिइन। अलिअलि जिस्के पनि करणीमै उत्रेलान भन्ने आफूले नसोचेको बताइन् । महराले रक्सी खुवाएर मताएपछि आफूलाई वलात्कार गर्लान भन्ने उनको कल्पना वाहिरको कुरा थियो। तर उनको नियतीमाथि बज्रपात नै भयो।

रक्सीले मातिएका महराले उनलाई करणी प्रयास गर्दै उनकै बेडमा लडाए। उनले आँखाभरि आँसु पार्दै भनिन आफू भन्दा बलियो मान्छे महराले उनलाई एकैपटकमा बेडमा लडाइहाले। उनले प्रतिकार गर्ने प्रयास गरिन तर उनको प्रयास खेर गयो। बरु उल्टै महराको प्रतिकार गरिन्जेल कपालमा समातेर कुटाइ खाइरहनुपर्यो।

अनुहार र जीउको नीलडाम देखाउँदै एक्लो देखेर मलाई लुट्नु महराले लुटेको कुरा उनी बताउछिन । चार वटा कोठा रहेको सो फ्ल्याटमा एक्लै रहेकी उनले सो क्रममा घरभेटीलाई दिदी भनेर बोलाएकी थिइन। छोराछोरी विदेशमा रहेका घरबेटीको पनि दम्पती मात्र सो घरमा बस्दै आएका रहेछन्। महराले वेडरुमदेखि भान्सासम्म उनीमाथि दुर्व्यवहार गरेको उनको आरोप छ।

आफूलाई दुर्व्यवहार भएको ठाउँ उनले देखाइन। भान्सा जाने सानो कोठासम्ममा आफूले प्रतिकार गरेको उनले बताउँछिन् । त्यसक्रममा सबै सामानहरु लडेको र कतिपय सोमबार दिउँसोसम्म पनि लडिरहेको अवस्थामा थियो। महराले खाएको बाँकी रक्सी अझै पनि घटनास्थलमै थियो।

सानो कोठाको भुइ देखाउँदै उनले भनिन, ‘यहि भुइमा राखेर सबैभन्दा बढी कुट्यो मलाई महराले, मुखभित्र औंला छिराउँदा जमेको रगत देखाउँदै भनिन, ‘अहिले पनि महराको कुटाइले जीउ पुरै थिल्थिलो भएको छ।’ अनुहारमा मुक्कै मुक्काले हान्दा लागेको चोटदेखि नलिखुट्टामा समेत उनको त्यसक्रममा चोट लागेको छ। टाउको भुइमा वजार्दिएका कारण टुटुल्को उठेको समेत उनले देखाइन। युटुवमा सार्वजनिक गरिएको उनको भिडियोमा उनले यस्तो बताएको प्रष्टै सुनिएको छ ।

जतिसुकै प्रतिकार गरेपनि महराको कामवासनाको शिकार भएकी उनले आफूलाई बचाउन नसकेको उनको तर्क छ। महरासँग हारेकी उनी मुढो जस्तै लडिरहिन्। महरा विजयी भावमा त्यहाँबाट सभामुख निवास फर्के। तर त्यहाँबाट फर्किने क्रममा महराको चस्माको एउटा ग्लास त्यहि छुटेको छ । त्यसपश्चात घरबेटीले प्रहरीलाई खबर गरेपछि प्रहरी मेरो डेरामा आएर सबै फोटो, भिडियो खिचेर गएको छ। सायद प्रहरीले केहि गर्छकी तर धेरै भर भने नभएको उनले बताईन् ।

आफूमाथि जनवर्जस्ती करणी भएपछि उनले राती नै नेकपाका केहि महिला नेतृहरुलाई मेसेज गरि जानकारी गराइन। ‌ओनेसरी घर्तीदेखि पम्फा भुसालसम्मलाई जानकारी गराएपनि कसैले रेस्पोन्स नगरेको उनले सुनाइन। राती नै उपसभामुखदेखि अन्य केहि सांसदहरुलाई पनि यस बारेमा जानकारी दिएको उनले बताईन । विहानसम्म केहि प्रभावशालीहरुका बीचमा यो बिषय चर्चा हुन थालेको थियो। प्रहरी खासै अगाडी बढेको थिएन। तर आइतवार प्रहरी घटनास्थल पुगि सबै घटनाक्रमको रेकर्ड गरि फर्किएको थियो।

देशकै सम्माननीय पदमा रहेको विशिष्ट व्यक्तीले नै यस्तो हर्कत गर्लान भन्ने नसोच्दा नसोच्दै आफू माथि नै त्यस्तो हुँदा आफू विल्कुल असहाय भएको उनले सुनाइन।

‘राष्ट्रप्रमुख नै महिला भएको देशको सभामुख जस्तो सम्माननीय पदको व्यक्तिले गरेको यो हर्कतमा उनलाई कार्वाही होलाकी मलाई नै वदनाम मात्र गरिएला’ उनले प्रश्न गरेकी छन् ।

घटना लगतै त्यहाँ पुगेको तीनकुने प्रहरीले घटनाको सबै जानकारी लिएर उजुरीको लागि कार्यालयमा आउन भनेपनि पिडित भनिएको व्यक्ति नआएको बताएको छ। उजुरी दिन पिडित भनिएको व्यक्ति नआएको बारेमा कार्यालय अनविज्ञ रहेको प्रहरी परिसर तीनकुनेले जनाएको छ। पिडित महिलाको डेरामा आफू आइतवार राती गएको सभामुख महराले स्विकारेका छन् ।

घटनाको थप खुलासा भएपछि मंगलबार सभामुख कृष्णबहादुर महराले राजिनामा दिएका छन् । राजीनामा पत्रमा महराले, विभिन्न सञ्चार माध्यममा मेरो चरित्रमा गम्भीर प्रश्न उठाई लगाइएको आरोपबारे सत्यतथ्य, निष्पक्ष र स्वतन्त्र छानविनका लागि अनुसन्धान गर्न सहज होस् भनी नैतिकताका आधारमा आजकै मितिदेखि छानविन प्रक्रिया नसकिदासम्मका लागि राजीनामा दिएको उल्लेख गरेका छन् ।