ओझेलमा पर्दै रसुवाको दुधकुण्ड


सरस्वति न्यौपाने, रसुवा ।  रसुवा जिल्लामा गोसाईकुण्ड सहित एक सय ८ वटा साना तथा ठुला कुण्डहरु रहेका छन यी सबै कुण्डको धार्मिक महत्व फरक—फरक रहेका छन ।

साविकको टिमुरे गाविसमा पर्ने गोसाईकुण्ड गाउँपालिका वडा नं. २ टिमुरेको नेपाल र चिनको सीमाना भन्दा माथि जानलाई चार दिन लाग्ने त्यस ठाउँ चार हजार सात सय मिटर उचाइमा रहेको फाट फुट स्वदेशी तथा विदेशी पर्यटक टिमुरे देखि पुग्छन तर बस्न र खान समेत समस्या रहेका छ ।

यहाँ पुग्न काठमाण्डौबाट बसमा टिमुरे सम्म एक दिन लाग्छ भने टिमुरेबाट चार दिनमा पुग्न सकिन्छ । गोसाईकुण्ड भन्दा अग्लो स्थानमा रहेको दुधकुण्ड लाई धार्मिक तथा पर्यटकीय रुपमै परिचित गराउन सक्ने सम्भावना भए पनि स्थानियवासी र सरोकारवाल निकायको ध्यान पुग्न सकेको छैन ।

यस कुण्डको प्रचार प्रसार गर्न सके नेपाल सरकारले मनाउन लागेको नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन टेवा पुग्ने धारणा राख्छन नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङ । यो कुण्ड १५ वर्ष अघि लामा गुरुहरुले पत्ता लगाएका थिए गल्लाङमा रहेको पार्वतीकुण्ड र दुधकुण्ड दिदीबैनी हुन भन्ने जनविश्वास रहेको छ ।

धार्मिक र पर्यटकीय महत्व बोकेको दुध कुण्ड प्रचार प्रसारको अभावमा गुमनाम नै छ । यस कुण्डमा पनि गोसाईकुण्ड जस्तै जनैपुर्णिमाको अवसरमा भव्यमेला लाग्छ टिमुरेका प्रमुख लामा गुम्बो डाडा लामाको भनाइअनुसार यस कुण्डको पानी चामलको चौलानी जस्तै देखिन्छ । चौलानीलाई तामाङ भाषामा ब्रमु भनिन्छ ।

दुधकुण्ड जान पहिले पैदल बाटो निर्माण गरी कुण्ड वरपर व्यवस्थित होटेल सन्चालन गरी व्यापक प्रचार प्रसार गर्न जरुरी छ । यस्तो पर्यटकीय नगरीलाई सुरक्षित रुटको रुपमा विकसित गर्न स्थानिय सरकारको खाचो रहेको रसुवा—नुवाकोट पर्यटन समाजका अध्यक्ष बलराम न्यौपानेले बताए ।