नेकपा बैठकको निष्कर्षः महरालाई सभामुख र सांसद दुवै पदबाट राजीनामा दिन सुझाव


न्युज अफ नेपाल, काठमाडौं ।
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले सभामुख कृष्णबहादुर महरालाई सभामुख र सांसद दुबै पदबाट राजीनामा दिन निर्देशन दिएको छ ।

संघीय संसदका सभामुख कृष्णबहादुर महरामाथि बलात्कारको गम्भिर आरोप लागेपछि नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा सचिवालय बैठक बसेको थियो ।