बारा। नेपालीहरुको महान चाडपर्वलाई ध्यानमा राख्दै बारा प्रहरीले विशेष सुरक्षा योजना लागू गरेको छ ।
जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक विकासराज खनालले आउदो चाडपर्वलाई लक्षित गरी चार सय ७६ जना सुरक्षाकर्मी परिचालन गरिने जानकारी गराउनुभयो ।
बैंक, वित्तीय संस्था, राजमार्गलगायतका ठाउँमाहुन सक्ने सम्भावित घटनालाई मध्यनजर गर्दै ती स्थानहरुमा प्रहरीको साथै सादा पोशाकमा प्रहरी परिचालन गरिने एसपी खनालले जानकारी दिनुभयो ।
राजमार्ग तथा जिल्लाको भित्रि मधेशमा समेत चेकजाँच बढाइने, क्षमता भन्दा बढी यात्री ओसार पसारगर्ने र बढी भाडा असुली गर्ने सवारी साधनलाई कारवाही गर्ने उहांले जानकारी दिनुभयो ।
नेपाल भारतबाट हुने तस्करीलाई नियन्त्रण गर्न छुट्टै संरचना बनाएको जानकारी दिदैं उहांले चाडवाडको समयमा हुने मेला, महोत्सव, खेलकूद जस्ता कार्यक्रममा आवश्यक जनशक्ति परिचालन गरी कुनैपनि अप्रिय घटना हुन नदिने दावी गर्नुभयो ।
बारा प्रहरीले जिल्लाका बिभिन्न ठाउंमा यात्री सहायता कक्ष स्थापना गर्नुका साथै मदिरा सेवनबाट हुन संक्ने घटनालाई समेत मध्यनजर गर्दै त्यस्ता ठाउंमा सादा पोशाकका प्ररही परिचालन गरेको उहांले जानकारी दिनुभयो ।
प्रतिक्रिया